फ्यानहरुलाई भेटेर पोष्टर उपहार दिँदै साम्राज्ञी

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

यतिबेला चलचित्रका कलाकारहरु आफ्नो चलचित्रको प्रमोशन कुन तरिकाले गरौं भनेर बिभिन्न रणनिति अपनाईरहेका हुन्छन् । बिभिन्न बिद्यालय, कलेज पुग्ने देखी, बिभिन्न नयाँ शैली अपनाईरहेको पाइन्छ । यसैबिच नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘रातो टिका निधारमा’ले पनि चलचित्रको प्रमोशन अगाडी बढाइरहेको छ । नायिका साम्राज्ञीले आफ्नो निकै नजिकका फ्यानहरुलाई भेटेर पोष्टर उपहार दिँदै चलचित्रको प्रमोशन गरेकी छिन् । अन्य समयमा भेटिएका फ्यानलाई तस्बिर मात्र खिचाएर छाड्ने साम्राज्ञीले यसपटक भने भेटमा चलचित्रको पोष्टर र टिसर्ट उपहार दिएर पठाएकी छिन्।शुक्रबार चितवन देखी बिभिन्न ठाउँबाट आएका करिब ५० फ्यानहरु काठमाडौं उनलाई भेट्न आइपुगेका थिए ।

यहि असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको उनको चलचित्रमा नवनायक अंकित शर्मा र उनको मुख्य भूमिका रहेको छ । फ्यानहरुलाई अंकित सँग पनि परिचय गराएकी थिइन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए । त्यसमध्ये छानिएका तीस जनाले शनिबार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे । आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । सबैले साम्राज्ञीको अभिनयको आफूहरु ठूलो प्रशंसक रहेको र कुनै फिल्म नछुटाइ हेर्ने गरेको बताए । चितवनबाट आएकी एक युवतीले साम्राज्ञीको अभिनय र ड्रेसिङ सेन्सको आफू ठूलो प्रशंसक रहेको बताइन् । रातो टिका निधारमा चलचित्रमा उनी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छन् । फ्यानहरुको यस प्रकारको मायाले राम्रो फिल्म गर्न आफूलाई सधैं हौसला मिल्ने उनी बताउँछन् । उनले फ्यानसँग ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक पनि काटिन् । र, सबैलाई आफ्नै हातले केक खुवाइन् ।