पोस्टरमा ‘छ माया छपक्कै’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक चार पोस्टरमा कलाकार दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाललाई स्थान दिइएको छ  भने अर्को एक पोस्टरमा अभिनेता गिरी र केकीलाई मात्रै प्रस्तुत गरिएको छ ।

पोस्टरमा कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोल्ने चलचित्र कमेडी विषय वस्तुमा निर्माण गरिएको छ । चलचित्रले देशमा घटिरहने गम्भीर विषयवस्तु समावेश गरिएको छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’मा ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् ।

रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् । दीपेन्द्र लामा निर्देशनमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । दीपकराज गिरीको पटकथा लेखन रहेको चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लले सम्पादन रहेको छ ।