दमारमा प्रकाश र कमलाको दोहोरी

गोपिकृष्ण चापागाईं / असोज, नवलपुर ।

सामाजिक सञ्जालमा प्रत्यक्ष दोहोरी गाएरै चर्चामा आएकी धादिङकी कमला घिमिरे नवलपुरमा पुग्दा हजारौंको उपस्थिती रह्यो । ठाउँको ठाउँ प्रत्यक्ष दोहोरी फर्काउन सक्ने उनको कलाले गर्दा पछिल्लो समय देशभित्रका थुप्रै स्टेज चढ्ने अवसर पाएकी कमलाको पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ११, द्धारदहदमारमा सम्पन्न तेस्रो दमार साँस्कृतिक महोत्सवपाँचौं स्टेज हो । यो भन्दा अघि उनी धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरुमा गीत गाउनकै लागी पुगिसकेकी छिन् ।

वडा दशैं तथा शुभदिपावलीको अवसरमाशनिबार सम्पन्न उक्त महोत्सवमा  महोत्सवमा स्थानियतहका राजनितिज्ञ, कलाकार तथा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकाहरुको उपस्थिती रहेको थियो ।कमला सँगै पछिल्लो समयका चर्चित तथा लोकप्रिय गायक प्रकाश सपूत, गायिका प्रिती आले, दीपक खड्का र अमृत सापकोटाले पनि दोहोरी गाएका थिए ।दमार खुल्ला मैदानमा दिउँसो १ बजे प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा समाजसेवी बिष्णुकार्कीले उद्घाटन गरेको कार्यक्रम राती ८ बजेसम्म चलेको थियो ।

गायक प्रकाश सपूतको गलबन्दी गीत प्रत्यक्ष सुन्न पनि हजारौं दर्शक उत्तिकै उत्सुक थिए । जब पहिलो टुक्का स्वरुप ‘गलबन्दी च्यातियो तिम्ले तानेर…’ गाउँन सुरु गरे हुटिङको गडगडा रोकिएन । प्रकाशले करिब एकघण्टा लगातार आफ्नो लोकप्रिय गीत गाएका थिए ।उनले सुरुवातमा बैदेशीक रोजगारीमा गएका युवाहरुलाई केन्द्रित गरी गाएका आफ्ना दुई गीत ‘चरर बरर’ र ‘बोलमाया’ गाएका थिए । त्यसपछि उनले अन्य नचाउने गीत गाए ।

सामाजिक सञ्जालबाट चर्चामा आएकी बाल गायिका कमला नेपाली ढाकाको चोलीमा सजिएर दोहोरी गाउँदा दर्शकै खुबै मच्चिएका थिए ।११ बर्षिय कमलाले प्रकाशसँग पनि लामै बेर दोहोरी गाइन् ।यस्तै गायक अमृत सापकोटा र कमलाले समसामयिक बिषयमा दोहोरी गाएका थिए । गायिका प्रिती आलेले पनि आफ्नो चर्चित गीत ‘फुल्यो बामरी’, ‘दोहोरी ब्याटल’ लगायतका गीत गाएकी थिइन् । उनले प्रकाशसँग गाएका अन्य चर्चित गीत पनि प्रस्तुत गरिन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष गायिका कमला थापाले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् ।यस्तै स्थानिय कलाकार डान्सर गुमि घर्तिमगर, श्वेता मल्ल त्यस्तै डि स्टार डान्सिङ ग्रुपले पनि प्रस्तुती दिएको थियो ।

गायक प्रकाशले स्टेजबाटै नवलपुरसँगको माया निकै नजिकको भएको सुनाए । ‘म नेपाल भित्रको धेरै स्टेज कार्यक्रममा पुगेको छु, तर नवलपुरमा अहिलेसम्म धेरैपटक आउने मौका मिलेको छ । यो सबै तपाईहरुको मायाले हो’ प्रकाशले स्टेजबाट दर्शकतर्फ हेर्दै भने । ‘यसरी नै आगामी दिनमा मायाको अपेक्षा गरेको छु ।’यस्तै प्रकाशलाई आइतबार सम्पन्न दुम्किबासको डाडाझोरको साँस्कृतिक कार्यक्रममको निमन्त्रणामा पनि पुगेका थिए ।

जनज्योती युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो दमार साँस्कृतिक महोत्सव २०७६मा करिब पाँचहजार दर्शकको उपस्थिती थियो । आफूहरुले बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि एकदिने महोत्सव भब्यताका साथ सम्पन्न गरेको क्लबका अध्यक्ष धनु सोमैले बताए ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)