रणवीरले गरे भन्सालीको फिल्म रिजेक्ट

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित निर्देशक लीला भन्सालीसँग काम गर्न बलिउडका थुप्रै कलाकार लालाहित हुन्छन् । उनले बनाएका चलचित्र एकपछि अर्को सुपरहिट छन् त्यसैले पनि उनीसँग काम गर्ने नयाँ कलाकार सुपरहिट हुन्छन् भने पुराना कलाकार पनि काम गर्न उत्तिकै नजिक हुन चाहान्छन् । तर बलिउड अभिनेता रणवीर सिंहले भन्सालीको नयाँ फिल्म ‘गंगूबाई’मा अभिनय गर्न अस्वीकार गरेका छन् ।

निर्देशक भन्सालीले रणवीरलाई फिल्ममा ‘क्यामियो रोल’ (अतिथि भूमिका)को अफर गर्दा उनले फिल्म खेल्न अस्वीकार गरेको लाइभ हिन्दूस्तानले उल्लेख गरेको छ । यसअघि भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’को सुटिङ सुरु गरेका थिए तर सलमानले फिल्म छोड्दा ‘इन्शाअल्लाह’को सुटिङ बीचमै रोकियो । ‘इन्शाअल्लाह’को सुटिङ रोकिँदा भन्सालीले नयाँ फिल्म ’गंगूबाई’को घोषणा गरेका थिए । रणवीरले ‘गंगूबाई’मा अभिनय गर्न अस्वीकार गरेपछि फिल्ममा कार्तिक आर्यन अनुबन्धित भएका छन् । फिल्ममा कार्तिक आर्यनसँगै अभिनेत्री आलिया भट्टको पनि अभिनय रहनेछ ।

आलिया यतिबेला आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘सडक २’को सुटिङमा व्यस्त छिन् भने कार्तिक आर्यन फिल्म ‘पति पत्नी और वो’ को सुटिङमा व्यस्त छन् । जसमा कार्तिकसँगै अनन्या पाण्डे र भूमि पेडनेकर मुख्य भूमिकामा छन् ।