करमैत्री यात्रामा गजुरेल

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

कर सचेतनाका लागि सिस्नुपानी नेपालले ‘करमैत्री यात्रा’ सुरु गरेको छ । शुक्रबार सिस्नुपानीले ललितपुरको स्टाफ कलेजमा ‘करमैत्री यात्रा’ कार्यक्रममा आयोजना ग¥यो । आन्तरिक राजस्व बिभाग लाजिम्पाटको आयोजना रहेको कार्यक्रममा सिस्नुपानीका कलाकारले गीत, कविता, प्रहसनमा ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै करका बिषयमा सचेतना फैलाउने काम गरे ।

कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले ‘कर पुराण’ शीर्षकको प्रस्तुतिमार्फत कर छल्ने र भ्रष्टाचारीको उछितो काट्दा दर्शक पेट मिचिमिचि हाँस्न बाध्य भए । उनले विभिन्न धार्मिक प्रसंगसँग जोड्दै कर छल्नेका लागि डरको पोको ‘कर पुराण’ हाँस्य प्रस्तुतिमार्फत राख्दा हल हाँसोले गुन्जायमान भएको थियो । करिब १५ मिनेको प्रस्तुति दिएका गाम्नागेले करको दुरुपयोग गर्नेले जिउँदै र मरेपछि पनि सुख नपाउने बुझाए ।

हाँस्यकलाकार मनोज गजुरेलले फेरी लगाउने जोगीको भेषमा करका लागि राज्यदेखि सर्वसाधारणको कतव्र्य हाँस्य प्रहसनमार्फत बुझाएका थिए । सिस्नुपानी नेपालका उपाध्यक्ष धिरेन्द्र प्रेमर्षीले चर्चित फिल्मी गीत ‘कुटुमा कुटु सुपारी दाना’को रिमेक गरेर कर छलीको विरोध गरे । उनको गीतले दर्शक हँसाउन समेत सफल देखिन्थ्यो ।

कार्यक्रममा अर्जुन पराजुली, टंक आचार्य , सरोज घिमिरे लगायतको समेत दमदार प्रस्तुति समावेश थियो ।  आन्तरिक राजस्व कार्यालय ललितपुर १ नम्बरका प्रमुख लालबाबु खत्रीको बिषेश  पहलमा ‘करमैत्री यात्रा’ कार्यक्रम सुरु भएको सो अवसरमा जानकारी दिइयो । ‘हाँस्यव्यङ्ग्य मार्फत कर तिरौँ करको सदुपयोग गरौं भन्ने करमैत्री यात्राको मुख्य उद्धेश्यले रहेको सिस्नुपानीले जानकारी दियो । अभियान अगामी मंसिर ७ गते शुक्रबार काठमाडौमा आएर सकिनेछ