कपिलले एक महिना काम नगर्ने

मुम्बई (एजेन्सी) ।

भारतीय हास्यकलाकार कपिल शर्मा चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए । त्यतिबेला कपिल गिन्नीसँग क्यानडा गएका थिए । कपिलले अर्को महिनादेखि पुनः छुट्टी लिने भएका छन् ।

उनले आफूले कामगर्ने च्यानलसँग डिसेम्बर ११ देखि छुट्टी पनि मागेका छन् । नयाँ वर्षको उत्सवमा उनले कुनै पनि प्रोफेशनल कमिटमेन्ट लिन चाहँदैनन् । उनी यतिबेला कुनै पनि प्रकारको काम गर्ने छैनन् ।  यस्तै कपिललले एक अन्तर्वार्ताको क्रममा आफू डिसेम्बरमा पिता बन्ने बताएका थिए । कपिलले गिन्नीसँग सन् २०१८ को डिसेम्बर १२ मा विवाह गरेका थिए । ‘द कपिल शर्मा’ शोमा उनी पुनः जनवरीको पहिलो हप्तादेखि फिर्ता हुनेछन् ।