म्युजीक भिडियो निर्देशनमा प्रियंका कार्की

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">केहिबर्ष अघिसम्म नेपाली चलचित्रमा प्रियंका कार्कीलाई लिँदा फिल्म सुपरहिट हुन्छ भन्ने निर्माता तथा निर्देशक धेरै थिए । तर अहिले चलचित्रमा पाहुना भूमिकाका लागी पनि प्रियंकालाई अफर आउन मुस्किल छ । अहिले सोलो नायिका भएर उनले काम गरेको चलचित्र आउनै छाडिसके । त्यसैले प्रियंका सानो पर्दा अर्थात बिभिन्न सर्ट फिल्म तथा म्युजीक भिडियो तिरै ब्यस्त छिन् ।&nbsp;</p><p style="text-align: justify; ">केहिसमय अघि आफ्नै युट्युव सिरिज ल्याएकी प्रियंकाले म्युजीक भिडियो निर्देशन पनि गरेकी छिन् । म्युजीक भिडियोमा नृत्य राम्रो गर्ने प्रियंकाले निर्देशन गरेको भिडियो कस्तो होला ? के निर्देशकिय पाटोमा पनि अब्बल होलिन् प्रियंका ? यी प्रश्नका उत्तर प्रियंकाले मेटाइदिएकी छिन् । उनले निर्देशन गरेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । बाल गायिका आष्युका खनियाँको गीतलाई उनले दृश्यमा उतारेकी हुन् । गीतको बोल छ, मेरै लाहुरेले । म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई देख्न सकिन्छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमानरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् ।</p><div style="text-align: justify; "><br></div>