बसन्त र अनिताको ‘पिआर’ गीतमा दुर्गेश र सोनिका (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">पछिल्लो समयको सालको पात टपरी गीतका सर्जक बसन्त थापा र गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘बिदेशको पिआर’ बोलको लोकगीतमा संगीत पनि बसन्तले नै दिएका छन् । गीतमा प्रल्हाख सुवेदीको शब्द छ भने गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । भिडियोमा मोडल दुर्गेश थापा र सोनिकाको नृत्य देख्न सकिन्छ । साथै कलाकार राजाराम पौडेलेको पनि भिडियोमा अभिनय देख्न सकिन्छ ।</p><p style="text-align: justify; ">गीतमा ‘पी आर’को प्रलोभनमा पर्नेहरुलाई ब्यंग्य गरेको देखिन्छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी मौसम हिमालीको छ भने क्यामेरामा अजय रेग्मी छन् । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/tP7tWFk2Jc4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>