कोरिया पुगेर सीताले देखाइन् नेपाली शास्त्रिय नृत्य

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

एक खुट्टा गुमाएपनि सक्षम हुन सक्छौं भन्ने सन्देश फैलाएर बिगत लामो समयदेखी नृत्य बिधालाई आत्मसाथ गर्दै अगाडी बढेकी सीता सुवेदी यतिखेर कोरियामा छिन् । १४ नोभेम्बर बाट १७ नोभम्बरसम्म एसिसिएसी कोरियाको आयोजनामा सम्पन्न वन वल्र्ड वन फेम्ली कल्चरल फेष्ट २०१९मा २५ देशहरुको सहभागीता रहेको थियो । जसमा नेपालको तर्फबाट सीताले प्रतिनिधित्व गरेकी थिइन् ।

शारिरिक रुपमा अपांगता भएता तर आफूमा प्रतिभाभएकाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा आफूले पनि नेपाली कल्चरल गीतमा नृत्य देखाउन पाएकोमा खुसी ब्यक्त गरिन् । सीताले यति ठूलो अवसर दिएको भन्दै आयोजक संस्थाप्रति धन्यवाद गरिन् । सिताले कार्यक्रममा शास्त्रिय नृत्य गरेकी थिइन् । साथै उनले तीनदिनसम्मको कार्यक्रममा झ्याउरे गीतमा पनि प्रस्तुती दिएकी थिइन् । सीतासँग अन्य बिभिन्न देशका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।