गायिका टेलरको नयाँ रेकर्ड

न्युयोर्क (एजेन्सी) ।

अमेरिकाको चर्चित अवार्ड ‘अमेरिकन म्यूजिक अवार्ड’मा गायिका तथा रचनाकार टेलर स्विफ्टले नयाँ रेकर्ड कायम गरेकी छन् । नोभम्बर २४ मा सम्पन्न २७ औं अमेरिकन म्यूजिक अवार्ड २०१९ मा उनले दुई विधामा अवार्ड हासिल गरेकी हुन् । यो थप दुई विधासँगै २५ औँ अवार्डका साथ उनले स्व. माइकल ज्याक्सनलाई पनि उछिन्दै २०१९ को (एएमए) अमेरिकन म्यूजिक अवार्डमा नयाँ इतिहास बनाउन सफल भएकी हुन् । स्व. माइकल ज्याक्सनले २४ अवार्डका साथ एएमए अवार्डको सर्वा्धिक अवार्ड हात पार्ने गायकको रुपमा रेकर्ड बनाएका थिए ।

तर यो वर्ष स्विफ्टले एएमए कै सबैभन्दा ठूलो अवार्ड ‘आर्टिस्ट अफ दी डिकेड’ र ‘लभर’बाट ‘फेबरेट पप–रक एल्बम’ विधामा अवार्ड हासिल गरेर र्चिर्चत गायक माइकल ज्याक्सनको स्थान आफनो नाममा पार्न सफल भएकी हुन् ।

‘फेबरेट पप(रक एल्बम’ विधामा उनले बिली एलिशको ‘ ह्वेन अल फल अस्लिप, ह्वेर वि गो ?’ एरियाना ग्रान्डेको ‘ थ्याङ क्यू, नेक्स्ट’ एल्बम लाई उछिन्दै अवार्ड आफनो हात पार्न सफल भएकी हुन् ।

अवार्ड ग्रहण गर्दै स्विफ्टले यो अनपेक्षित अवार्डको लागि सबैलाई धन्यवाद दिँदै आफनो नयाँ रेकर्ड स्टुडियोलाई पनि सम्झेकी छिन् । अवार्ड कार्यक्रममा स्विफ्टले आफना केही चर्चित गीतमा प्रस्तुती पनि दिएकी थिइन् ।