बाल्यअवस्थाका प्रेम र गीत

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ यतिबेला  छायांकन भइरहेको छ । काठमाडौंको स्टुडियोमा छायांकन सकिए लगत्तै टिम अहिले मनाङमा छ । यसका साथै चलचित्रका केहि तस्बिर सार्वजनिक गरिएको छ ।

आउँदो चैत २८ प्रदर्शन हुने यो चलचित्रमा अभिनेता प्रदीप खड्का र नवनायिका क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्रमा प्रदीप ‘प्रेम’ र क्रिस्टिना ‘गीत’को भूमिकामा छन् । यस्तै यी दुईको बाल्यअवस्थाको भूमिकामा भने अनुभव रेग्मी र योगीशा खत्रीलाई राखिएको छ । यी दुईको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको थियो ।

तीन करोडको लागतमा बन्ने यो चलचित्रमा अनुभव अभिनेता प्रदीपको बाल्यकाल अर्थात् ‘प्रेम’ को भूमिकामा रहेका छन् । भने, योगीशालाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल अर्थात् ‘गीत’ को भूमिकामा देख्न पाइनेछ । एउटा पोस्टरमा अनुभव र योगीशाको प्रेम देखाइएको छ । भने, अर्को पोस्टरमा अनुभव मात्र फिचर्ड छन्, जसमा उनलाई सोचनीय मुद्रामा देख्न सकिन्छ । उनको गेटअप निकै भिन्न छ ।

चलचित्रमा शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । ‘प्रेमगीत ३’ डेढ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको छ । राजेश श्रेष्ठले खिचिरहेको यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरिरहेका छन् ।