थापाको मरीचिका पुरस्कृत

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

कथाकार महेश थापाको कथाकथा संग्रह‘मरीचिका’लाई कर्णाली साहित्य समाजले पुरस्कृत गरेको छ । उनको कथा संग्रह‘मरीचिका’ कृति पुरस्कारबाट पुरस्कृत भएको हो ।

‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापनाभएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धन राशिको पुरस्कार अर्पण गरेको हो । कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद रु. ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’लाई सम्मानपत्र सहित अर्पण गरे ।

यसैगरि हजारौ पृथ्वी हजारौ आकाश कविता सङ्ग्रह लगायत कर्नाली ब्लुज, फिरफिरे जस्ताचर्चित कृतिका लेखक बुद्धि सागरलाई संस्थाका संरक्षक शाहले नगद रु. २५ हजार राशिको कर्णाली साहित्य समाजप्रतिभा पुरस्कार अर्पण गरेका थिए । नेपाली साहित्यका क्षेत्रमा अनरवत रुपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कविश्यामल अधिकारीलाई ताम्रपत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान अर्पण गरिएको छ ।

कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै ठूलो धनराशिभएको पुरस्कार हो । मदन पुरस्कारका लागि सातवटा कृतिभित्र पर्न सफलभएको ‘मरीचिका’ कृतिले साँच्चिकै समाजको यथार्थतालाई उजागर गरेको छ ।