बिन्दबासिनी क्रीयसनले चलचित्र बनाउँदै, मुख्य भूमिकामा शंकर सेढाई

...

चैत, काठमाडौँ । कलाकार शंकर सेढाईलाई लिएर नयाँ फिल्म निर्माण हुने भएको छ । चलचित्र बिन्दबासिनी क्रीयसनले निर्माण गर्दैछ । चलचित्र डार्क कमेडी ड्रामामा आधारीत रहने बताइएको छ । 

नाम नखुलाइएको उक्त चलचित्रको छिट्टै औपचारिक घोषणा गर्ने तयारी भएको छ । चलचित्रको निर्माता मनोज अधिकारी तथा निर्देशक नवीन भट्ट हुनेछन् ।

फेसन मोडेल हुँदै कलाकारितामा होमिएका कलाकार शंकर सेढाईले यो भन्दा अगाडी पनि केही चलचित्र, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन, नाटक पनि गरिसकेका छन । उनको मुख्य भुमिका रहने यो पहिलो चलचित्र हुनेछ ।

चलचित्रको अन्य केही मुख्य कलाकार पनि अनुबन्धित भईसकेको तथा अन्य केही कलाकारको खोजी पनि भईरहेको जनकारी प्राप्त छ ।