राजेशको ‘दर्शन नमस्ते ३’ सार्बजनिक, कार्यक्रममै बिन्धबासिनीले किन्यो १५ लाखमा

...

काठमान्डौ, चर्चित गायक राजेश पायल राईको दर्शन नमस्ते ३ को बिमोचन गरिएको छ । राजधानिको ईन्द्रेणी फुलल्यान्डमा भएको बिमोचन कार्यक्रममा राजेश पायल राईको दर्शन नमस्ते ३ सार्बजनिक गरिएको हो । गायक राईका माता पिताले दर्शन नमस्ते ३ लाई सार्बजनिक गरेका हुन् । बिभिन्न फरक शैलीका ९ गीत समाबेश एल्बम सार्बजनिक कार्यक्रममा बिभिन्न संगीतकर्मिहरुको उपस्थित रहेको थियो । पछिल्लो समय गायक राई बिदेशका कार्यक्रमहरुमा धेरै ब्यस्त रहन्छन् । उनले नेपाली सिनेमा देखि आधुनिक पप सबैखाले गीत गाउन भ्याईसकेका छन् । गायक राईको सफल एल्बम दर्शन नमस्तेको सिक्वेन्स दर्शन नमस्ते ३ सार्बजनिक आज सार्बजनिक गरिएको हो । गायक राईको सार्बजनिक एल्बमलाई बिन्धबासिनी म्युजिकले बजारमा ल्याएको हो ।

rajesh-payal-rai1

यससंगै गायक राईको एल्बम दर्शन नमस्ते ३ लाई बिन्धबासिनी म्युजिकले १५ लाखमा एल्बमको राईट्स किनेको छ । एल्बम बिमोचन कार्यक्रममा गायक राईलाई विन्धवासिनीले १५ लाखको चेक हस्तान्तरण गरेको थियो । सायद नेपाली संगीत क्षेत्रमा एल्बमलाई १५ लाखमा किनेर बिन्धबासिनीले पहिलो सुरुवात गरेको छ । यसअघि कुनै पनि स्रस्टाका गीती एल्बम किनिएको थिएन् ।

rajesh-payal-rai2
गायक राईको सार्बजनिक एल्बममा ‘दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत समाबेश छन् । महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको संगीत रहेको उक्त एल्बममा महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको शब्द समाबेश गरिएको छ । एल्बम बिमोचन कार्यक्रममा गायक राईले ३ वटा गीत समेत गाएका थिए ।

rajesh-payal-rai3