भद्रगोलका सोझो बलेको रक्षासँगको ह्याण्डसम गीत (भिडियो)

...

असोज, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठको एक म्युजीक भिडियो सार्वजनिक गरीएको छ । ‘क पुरी क’ बोलको यस गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । भिडियोमा भद्रगोलमा जस्तो बलेको गेटअपमा नभएर आफ्नो वास्तविक गेटअपमा सागरलाई देख्न सकिन्छ ।

rakhsya-and-sagar-lamsal-new-music-video-kapuri-kaटेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द तथा संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतिले एरेन्ज गरेका हुन् । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर छ । रोमान्टिक गीतको म्युजीक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।