विजय बराल र नम्रता श्रेष्ठले एकसाथ छाडे कमेडी दरबार

...

काठमाडौं  । कमेडी टेलिभिजन शो कमेडी दरबारमा केही कलाकारहरू हेरफेर हुने भएका छन्। अभिनेता विजय बराल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठले यो शो छाडेका छन्। अब एक एपिसोडमा मात्र उनीहरू देखिनेछन्। व्यस्तताका कारण शो छाडेको उनीहरूले बताएका छन्।

विजय र नम्रता दुवैले २६ एपिसोडसम्मका लागि एग्रिमेन्ट गरेका थिए। शोमा विजय जजका रूपमा थिए भने नम्रता होस्ट थिइन्। उनीहरूको ठाउँमा अब को देखिनेछन् भन्नेबारे जानकारी दिन कमेडी दरबार टिमले आज एक कार्यक्रमको आयोजना गरेको छ।

स्रोतका अनुसार अब शोका निर्देशक विक्की अगरवाल स्वयंले होस्ट गर्नेछन् भने एकजना होस्ट थपिनेछिन्। शोलाई विक्की अगरवाल र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्।