‘लाज शरणम्’ को टीजर र गीत गायब

...

काठमाडौँ  । यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाज शरणम्’ को टीजर तथा एउटा गीत यूट्युबबाट गायब भएकोे छ । यो घटनाले फिल्मका फ्यान तथा फिल्मप्रेमीहरूलाई आश्चर्यचकित पार्दै विभिन्न प्रश्न उठिरहेको छ ।

ओएसआर डिजिटल यूट्युब च्यानलमा केही दिनअघि मात्र फिल्मको टीजर तथा ‘हेर्दा हेर्दैमा…’ बोलको गीतको भिडियो अपलोड भएका थिए, तर हाल उक्त च्यानलमा यी दुई प्रचार सामग्री देखिएका छैनन् ।

यद्यपि, फिल्मको लागि मेयर बालेनले गाएको गीत ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ तथा सरोज लामिछानेको प्रचारात्मक गीत ‘लाज शरणम’ तथा अर्को प्रचारात्मक गीत ‘भोले बम बम’ भने यूट्यूबमा अहिले पनि देख्न सकिन्छ ।