आज प्रदीप खड्काको जन्मदिन, कति बर्ष पुगे ?

...

काठमाडौँ । आज नायक प्रदीप खड्काको जन्मदिन ।  अभिनेता प्रदीप खड्काले आज सोमबार आफ्नो ३३औँ जन्मदिन मनाउँदैछन् । प्रदीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता पनी हुन् जो चलचित्र ’प्रेम गीत’ पछि सफल कलाकारका रुपमा स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र ’इस्केप’बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।

ललितपुरको कुसुन्तीमा सन् १९९२ मा जन्मिएका प्रदीप खड्काको बाल्यकाल कुसुन्तीमै बितेको थियो । पढाईको कुरा गर्नुपर्दा उनले बजार ब्यापार प्रवन्धन विषयमा विद्यावारिधी हासिल गरेका छन् । चलचित्र क्षेत्र बाहेक उनले केही समय गैरसकारी संस्थामा समेत काम गरेका थिए। प्रदीप खड्काको सानै उमेरदेखि चलचित्रमा अभिरुची रहेको थियो ।

सन् २०१५ मा प्रेम गीतमा अभीनय गरेका प्रदीपको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्यो र उनी लोकप्रिय बन्न पुगे । उनी अभीनीत पछिल्लो चलचित्र एक्टर टेक वान हो । अहीले उनी निरन्तर अन्य फिल्म छायांकनमा व्यस्त छन् ।