डिभोर्सबारे बोलिन् मिस पबी, १६ वर्षकै उमेरमा विवाह भएको खुलाशा

...

काठमाडौँ ।  मिस पबीले  पहिलोपटक आफ्नो डिभोर्सको विषयमा मुख खोलेकी छन् । ९ वर्षअघि नै विवाह डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् । केही समयदेखि उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा लिक भएको थियो । तर, यो विषयमा मिस पबीले यसलाई अस्वीकार गर्दै आएकी थिइन् ।

अन्ततः मिस पबीले पहिलोपटक विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

उनले यसो भनेकी छिन्…

मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको थिएन । सबै इलिगल कुराहरू हो । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन । केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ । विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । डिभोर्स भयो भनेर त्यसमै रोई कराइ गरिरहने कुरा आएन । त्यहाँबाट अगाडि बढ्नु नै पर्छ ।