
काठमाडौँ । सञ्चारमन्त्रीको तेस्रो पटकको चेतावनीः ७ दिनभित्र दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध लगाईने । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए ।
तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने गुरुङको भनाइ छ । नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङले बताए ।