
काठमाडौँ । अभिनेत्री प्रकृति श्रेष्ठ आमा बनेकी छिन् । विगत एक दशकभन्दा पनि लामो समयदेखि अष्ट्रेलियामा रहेकी उनले आज पहिलो सन्तानका रुपमा पुत्रीलाभ गरेकी हुन् ।
मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी उनले “होस्टेल” नामक चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले थुप्रै नेपाली गितहरूमा मोडलको रूपमा समेत काम गरिसकेकी छिन् ।
सुनिल गिरीको को होला त्यो… बोलको गीत उनले मोड्लिङ गरेको सुरुवाती म्युजिक भिडियो हो। यहि गीतबाट उनलाई दर्शकले निकै रुचाएका थिए ।