
काठमाडौँ । नेपाली महिला रास्ट्रिय टिमकी फुटबल खेलाडी सावित्रा भण्डारी साम्बाको सम्म्मानामा लमजुङ्ग जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ स्थित खुदिबजारमा उनको स्तम्भ निर्माण गरि साम्बाचोक नामकारण गरिएको छ। छोरीको उक्त स्तम्भ अगाडी अभिएर साम्बाका अमाबुवाले तस्विर खिचाएका छन्।
साम्बाले उक्त तस्विर सेयर गर्दै लेखेकी छन् लमजुङको छोरीको लागि आफ्नो जन्मस्थानमा यो भन्दा ठुलो सम्मान अरु के हुन सक्छ र । मर्स्याङ्दी गाउँपालिकासहित सबैमा नमन। सावित्रा भण्डारी आफ्नै नामको चोक बनाए पछि नतमस्तक भएकी छिन् ।