मेक्सम गौडेल अस्पताल भर्ना

...

काठमाडौँ ।  कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् ।  गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् ।

सुमन कार्की लगायत उनका सहकर्मी कमेडियनले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् । कमेडी नाइट विथ च्याम्पियन्समा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए ।