विजय भन्छन्, अफर आएका सबै काम गर्छु

...

काठमाडौँ। विगत  ४ वर्षयता मोड्लिङमा सक्रिय छन् विजय पुन। कलाकारितामा प्रवेश गरेको चार वर्षमा उनले १००० भन्दा माथि म्युजिक भिडियोहरुमा काम गरिसकेका छन्। विजय भन्छन् मलाई आएका कामहरु कुनै पनि रिजेक्ट गर्दीन। समयले भ्याएसम्म सबै काम गर्छु , बरु पारिश्रमिकको विषयमा आफ्नो कुरा राख्छु। मैले काम गरेका सबै म्युजिक भिडियो चल्दैनन्। १० वटामा काम गर्दा २ वटा मात्रै चल्यो भनेपनि अरु नचलेका म्युजिक भिडियोलाई कभर गर्छ जस्तो लाग्छ।

मैले अफर आएजति सबै म्युजिक भिडियोमा काम गर्छु यसकारण मेरो जीवनयापन सहज भईरहेको छ। मैले घरमा पैसा पठाउन पाईरहेको छु। आफ्नो खर्च धानिरहेको छु। पुन पछिल्लो लोक तथा आधुनिक गीतमा बाक्लै देखिने मोडल हुन् ।

टिकटकबाट म्युजिक भिडियोमा उदाएका मोडल विजय पुनले राम्रै सफलता हात पारिसकेका छन् ।