
काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेठ १५ गते आज देखि प्रसारण हुने भएको छ । यो कार्यक्रम एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ । केही महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि-जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ । निर्णायक टीममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्था महक मिडिया नेटवर्कले गराएको छ ।
अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन् ।अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।
‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् ।