केकी र नीताले फिल्म निर्माण गर्दै

...

काठमाडौँ । अभिनेत्रीद्वय केकी अधिकारी तथा नीता ढुंगानाले दुई–दुई वटा फिल्म निर्माणका लागि इजाजत पत्र लिएका छन् । अभिनेत्री केकी अधिकारीले निर्मात्रीको रुपमा ‘भद्रकाली’ तथा ‘राधा पियारी’ शीर्षकका दुई फिल्म निर्माण गर्ने इजाजत पत्र लिएकी छिन् भने नीता ढुंगानाले नीता फिल्म्स प्रोडक्सनको ‘एक दुई तीन’ तथा ‘सुख– दुःख’ शीर्षकका दुई फिल्म निर्माण गर्नका लागि इजाजत पत्र लिएकी छिन् ।

यस्तै अभिनेता सविन श्रेष्ठले सविन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘कश्यप’ का लागि इजाजत लिएका छन् । यी कलकारहरुसँगै चलचित्र विकास बोर्डमा फिल्मको घुइँचो लागेको छ । एकैदीन मात्रै १२ वटा नयाँ नेपाली फिल्महरुले निर्माण इजाजत लिएका छन् । यसअघि एकै दिन यती धेरै फिल्मले निर्माण इजाजत कहील्यै लिएका थिएनन् ।