कृषा चौलागाईंले गरिन् ‘पिताम्बर २’ घोषणा

...

काठमाडौँ । ‘पिताम्बर’ को सफलता पछी यसको सिक्वेल  ‘पिताम्बर २’ बन्ने भएको छ ।  ‘पिताम्बर’को निर्माण युनिटले ५१ औँ दिन मनाउन बिहीबार आयोजित एक कार्यक्रममा फिल्मको सिक्वेल घोषणा गरिएको हो ।

मल्टीस्टारर यो चलचित्रले कलाकार र प्राविधिकलाई सम्मान गर्दै बिहीबार ५१ औँ दिन मनाएको हो । गतबर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ औँ दिन मनाएको कार्यक्रममा जानकारी दिइयो । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मको सफलता सम्भव भएको बताइन् । उनले उनले फिल्ममा भएका कमीकमजोरीलाई सच्याएर अर्को अझै बुलन्द काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।