आमा बनिन् अभिनेत्री रुविना थापा

...

काठमाडौँ । अभिनेत्री  रुविना थापा आमा बनेकी छन् । उनले  पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छीन् । उनले छोरीलाई काखमा लिएको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् ।  छोरीसँगको तस्विर राखेपछि यतिबेला उनलाई सेलिब्रेटीहरुबाट बधाईको ओइरो लागेको छ ।

‘लभ डायरीज’ बाट फिल्मी करियर सुरु गरेकी उनले अभिनय गरेको पछिल्लो फिल्म ‘म’ सन् २०२२ मा रिलिज भएको थियो । त्यसअघि रुविनाले फिल्म ‘डाँडाको वर पीपल’मा अभिनेता सलोन बस्नेतको जोडी भएर काम गरेकी थिइन् । उनले थुप्रै संख्यामा म्युजिक भिडियोमा पनि काम गरेकी छन् ।

उनले ३ वर्षयता कुनै चलचित्रमा पनि काम गरेकी छैनन् ।