
काठमाडौँ। केहिदिनअघि चर्चित र्यापर आशिष रानामगर (लाउरे) पहिलोपटक चलचित्र ‘जन्ते बाख्रो’को प्रिमियरमा पुगे । र सोहि ‘जन्ते बाख्रो’को प्रिमियरको क्रममा उनले बोलेको कुरा टिकटकदेखि रिल्समा छ्याप्छ्याप्ती छ ।
उनलाई पत्रकारहरुले विवाह र प्रेमका प्रश्नहरु सोधेका थिए। यसैको जवाफ स्वरुप उनले ‘विवाह गर्ने चलन हटिसकेको जस्तो लाग्छ अहिलेको जमानामा, विवाह नै गर्नुपर्छ भन्ने छैन लिभिङ सिभिङ यताउती गरेर बस्दा नि हुन्छ’ भन्ने प्रतिक्रिया दिएका थिए । साथै आफूले मनपराएकी युवतीले आफूलाई मन नपराएपछि अहिले आफू सिंगल रहेको समेत बताएका छन् ।
विवाहप्रति लाउरेको यस्तो धारणाले सामाजिक संजालमा चर्चा पईरहेको छ। कतिपय उनको कुरामा सहमत भएका छन् भने कतिपयले नराम्रो समेत भनेका छन्।