‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ। सोमबार  आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियोमा देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ ।

गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ भने गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ राज बहादुर सानेको निर्देशनमा  भएको छ। गीत रिलिज कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । उनले सिनेमाको गीत जस्तै सिनेमा पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।