<p><b>फागुन, काठमाडौं । </b>मोडल सारिका केसी पछिल्लो समयकी ब्यक्ति मोडल हुन् । उनले दर्जनौं म्युजीक भिडियोहरुमा अभिनय गरीसकेकी छिन् । अन्य गीतहरु भन्दा बढी लोकगीतमा रुचाइएको उनको अभिनयको प्रसंसा उत्तिकै हुने गर्दछ । यसैक्रममा मोडल सारिका गायक दिपक धमालासँग वैवाहिक बन्धनमा बाँधिएकी छन् । तर, उनीहरुको वैवाहिक सम्बन्ध एक म्यूजिक भिडियोमा अभिनय गर्ने क्रममा भएको हो ।</p><p> गीतको प्रहारले रातारात चर्चाको शिखरमा पुगेका धमलाको सांगीतिक कोसेली बजारमा आएको छ । भर्खरै छायांकन गरेको नयाँ गीत ‘पुरानो माया’ मा धमलाको आफ्नै स्वर रहेको छ भने आफैंले मोडलिङ पनि गरेका हुन् । उनी भन्छन्, ‘लामो समयसम्म संगीतको क्षेत्रमा संघर्ष गरे, धैर्यको फल मिठो हुन्छ, त्यो फलको स्वाद चाख्न अझैं पनि संघर्ष गर्दैछु ।’ अबका दिनमा दर्शकमाझ लोकदोहोरी क्षेत्रमा आफ्नो प्रस्तुती मार्मिक, समसामयिक र आफ्नै मौलिक परम्परा झल्किने खालका गीति संग्रहहरु बजारमा ल्याउने आफ्नो उद्देश्य रहेको उनले बताए । पुरानो माया एउटा समसामयिक र मार्मिक गीत हो । <br><iframe frameborder="0" src="//www.youtube.com/embed/ott7xknKvaw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>