
<p><b>फागुन, काठमाडौं ।</b> राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुनः ३ दर्जन कलाकार प्रवेश गरेका छन् । सोमबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गर्दै पार्टी अध्यक्ष कमल थापाले टिका र माला लगाइदिएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरुमा कलाकार कलाकार मदनदास श्रेष्ठ, रामचन्द्र अधिकारी, प्रदिप बाँस्तोला, सम्झना वुढाथोकी, अयुव केसी लगायतका छन् । करिब ३ दर्जन कलाकार एकसाथ पार्टीमा प्रवेश गरेका हुन् ।</p><p> यस अघि नायिका रेखा थापा र गायिका कोमल वली पनि पार्टीमा प्रवेश गरीसकेका छन् । आज पार्टी प्रवेश गर्नेमा कमेडी सिरियल तर्फ ‘हर्के हवल्दार’का ८ जना कलाकार पनि रहेका छन् । कार्यक्रममा राप्रपाका कोषाध्यक्ष उद्धव पौडेल, केन्द्रिय सदस्यद्धय रेखा थापा, कोमल वली लगायतको उपस्थिती थियो । अधिकांश कलाकारले हिन्दु राष्ट्र र राजतन्त्र, राप्रपाको मुल नारा भएकाले यसमा सहमति जनाउँदै पार्टीमा प्रवेश गरेको बताए । </p>