रुद्रकाली देवी समुद्घाटनमा राजेश हमाल र तुलसी घिमिरे (Video)

माघ, काठमाडौं । पछिल्लो समय फुर्सदिला बनेका अभिनेता राजेश हमाल बिभिन्न स्टेज कार्यक्रम तथा मेला महोत्सवमा देखिन थालेका छन् । चलचित्रको अफर कमै आउन थालेपछि उनको ब्यस्ता पछिल्लो समय देश भित्र तथा बाहिरका कार्यक्रममा छ ।

tयस्तै गएको सोमबार अभिनेता हमाल नुवाकोटको चारघरे ५, बाँझोबारीमा रुद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको समुद्घाटन तथा क्लब भवनको शिलान्यास गर्ने कार्यक्रममा पुगे । जहाँ चलचित्र निर्देशक तथा निर्माता तुलसी घिमिरे पनि सँगै थिए ।

बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुँदा करिब २ बज्न लागिसकेको थियो । बिशिष्ठ अतिथिको रुपमा सो कार्यक्रममा पुगेका राजेश र तुलसीलाई स्थानियले फुलमालाले भब्य तरिकाले स्वागत गरे ।

कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीको उद्घोषण शैलीले अझ कार्यक्रममा उपस्थित स्थानिय दर्शकहरुमा माझोल रमाइलो बनेको थियो । राजेश हमालका अन्य कार्यक्रममा जस्तै दर्शकको ओइरो खासै नदेखिएको भएता पनि उपस्थित दर्शकहरु भने राजेशलाई हेर्न र उनीसँग तस्बिर लिन खुबै उत्साहित देखिन्थे । राजेश र तुलसीले रुद्रकाली देवी मन्तिरको संयुक्त रुपमा समुद्घाटन गरे । कार्यक्रममा बोल्दै राजेशले आँफुलाई मन्दिर जस्तो पवित्र भवनको समुद्घाटनमा बोलाइएकोमा क्लब परिवारलाई धन्यवाद दिएका थिए । साथै राजेशले उपस्थित दर्शकसामु आफ्ना चलचित्रका केहि चर्चित डाईलग समेत सुनाएका थिए । राजेशले स्टेजमै रहेका आयोजक क्लबकै अध्यक्ष तथा अन्य एक पदाधिकारीलाई बोलाएर आफ्नो जस्तै कपाल भएको भन्दै फेरी पनि चलचित्र ‘हामी तिन भाई’ बनाउन पर्ला जस्तो लाग्यो भन्दै माहोल अझ रमाइलो बनाएका थिए ।

साथै निर्देशक तथा निर्माता तुलसी घिमिरेले पनि मन्दिर जस्तो पवित्रस्थल सधैका लागी र सबैका लागी खुल्नुपर्ने भन्दै क्लबलाई बधाई दिएका थिए । साथै तुलसीले आफ्नो आउँदै गरेको चलचित्र दर्पण छाँया २ को प्रमोशन समेत गरेका थिए । उनले दर्पण छाँया २ को बारेमा बोल्दै चलचित्र हेरीदिन उपस्थित सबैमा आग्रह समेत गरेका थिए ।

दर्शक बढी कलाकारहरुको साथमा सम्पन्न भएको उक्त कार्यक्रममा मिलन फिल्मस् प्रा.ली.ले नृत्य प्रस्तुती गरेको थियो । कार्यक्रममा गायक घमेश दुलाल, बालचन्द्र बराल, कुमार भण्डारी, गायिका सर्मिला श्रेष्ठ, हाँस्य कलाकार बिजय बिसी, बाल नृत्यांग मनसुधा श्रेष्ठ, मोडल सुनिता श्रेष्ठले आफ्नो प्रस्तुती दिएका थिए ।