फागुन, काठमाडौं । गएको चाइनिज नया बर्ष को अवसरमा मलेसियामा धेरै कार्यक्रमहरु आयोजना भए । नेपालबाट थुप्रै नेपाली आर्टिस्टहरु मलेसिया पुगेर मलेसियामा रहेका नेपालीहरुलाई मनोरञ्जना दिए । यसैबिच मलेसियाको बिभिन्न शहरमा युनिक सास्कृतिक धमाका ४ पनि जनवरी २८ तारिकबाट शुरु भएर चार दिनसम्म चलेको थियो ।

prakash yogiकार्यक्रम सकिए लगत्तै केहि कुराको चर्चा तथा बिबाद समेत चल्यो । त्यो हो मोडल रिया श्रेष्ठको नृत्युको । लोकगायक प्रकाश कटुवाल र गायिका शुसिला गौतमको प्रस्तुती पछि ठमेल बजार बोलको गीतमा नृत्य गर्न आएकी मोडल रियाको नृत्य देखेर धेरैले मोबाईलबाट भिडियो र तस्बिर लिन थाले । साथै केहि अनलाईन मिडियाहरुबाट फेसबुक लाईभ समेत भइरहेको थियो । त्यससमयमा रियाले आँफुले लगाएको छोटो पहिरनमध्येको माथिल्लो बस्त्र र मिनिस्कर्ट पालैपालो खोलेर फाल्छिन् ।

यसैबिच आयोजक मध्येका गायक तथा सञ्चारकिर्म प्रकाश योगीले समाचार भाईरल भएप्रति आपत्ती जनाएका छन् । साथै आयोजकलाई आएका आरोपप्रति उनले खण्डन गरेका छन् । प्रकाश बिगत केहि बर्षयता मलेसियामा बस्दै आएका छन् । उनी गायक तथा सञ्चारकर्मि हुन् ।

राम्रा समाचार किन भाईरल हुँदैन् ?

प्रकाशले रियाको नृत्य एकाएक भाईरल हुने र जताततै समाचार बन्ने तर नेपाली पोसाक दौरा सुरुवालमा सजिएर गीत गाउँदा दर्शकले निकै साथदिएको समाचार चाँही कतै नआउने र भाईरल नबन्ने भन्दै दुख ब्यक्त गरेका छन् । कार्यक्रममा दौरा सुरुवाल र ढाका टोपीमा सजिएका लोक गायक प्रकाश कटुवाल र सारीमा सजिएर आफ्नो गीत प्रस्तुत गरेका यी दुई कलाकारलाई कुनै मिडियाले साथ नदिएको प्रकाशको तर्क छ । उनले पत्रकारको आँखा किन नराम्रो कुरामा मात्र जान्छ भन्दै आक्रोस पोखेका छन् ।