<p><b>फागुन, काठमाडौं ।</b> बलिउडकि चर्चित नायिकाको रुपमा चिनिने श्रद्धा कपुर पछिल्लो समय चलचित्रहरुमै निकै ब्यस्त छिन् । धेरै चलचित्रहरुमा काम गरेपछि उनले अभिनय गरेका चलचित्रहरु खासैसफल हुन भने सकेका छैनन् ।</p><p>अहिले श्रद्धाले आफ्नो नयाँ प्रोजेक्टका लागी खुबै मिहिनत गरिरहेकि छिन् । चलचित्रमा सफल बनाउने दौडानमा अहिले उनि सबै चलचित्रकर्मि हरुसँग टाढै रहेकि छिन् । सबैको सम्पर्क बाहिर बसिरहेकी श्रद्धा हाल अन्डरवल्र्ड डन दाउद इव्राहिमकी बहिनी हसिनाको भूमिकामा देखिदैछिन् । त्यसकै लागी पनि उनि कडा मिहिनतमा लागेको भारतिय संञ्चार माध्यमले बताएका छन् । श्रद्धाले अभिनय गर्ने यस चलचित्रको अहिले धमाधम छाँयाकन कार्य भईरहेको छ । हसिनाको ४० बर्षको उमेरको भुमिकामा काम गरिरहेकि श्रद्धाको रमाईलो कुरा त के छ भने हाल उनलाई यस चलचित्रको सेटमा मोबाईल समेत प्रतिबन्ध गरीएको छ ।</p><p>चलचित्रका लागि ७०, ८० र ९० दशकको जस्तो देखिने सेट मुम्बइको एक स्टूडियोमा तयार पारिएको छ । तर चलचित्रको छायांकन सेटमा क्यामेरा, मोबाइल र घडी समेत प्रतिवन्ध लगाइएको छ । भारतिय संञ्चार माध्यमले बताए अनुसार भुमिका निर्वाहा गर्न सजिलो र कुनै कुराले डिस्टर्व नहोस् भन्नका लागी यसो गरीएको हो । त्यसोत श्रद्धा र सेटको लुक वाहिर नजाओस् भनेर पनि निर्माणपक्षले नायिकालाई सेटमा मोबाइल बोक्न नै प्रतिवन्ध लगाइदिएको बताईएको छ । श्रद्धा अहिले आफ्नो मोबाइल गाडीमा छाडेर सेटमा पुग्ने गरेकी छिन् । त्यतिमात्रै होईन् चलचित्रमा काम गरिरहेका जुनियर कलाकारहरुलाई त निर्माण पक्षले घडि समेत लगाउन दिएका छैनन् ।</p><p>एजेन्सी । </p>