‘लुट २’ को ‘ठमेल बजार’ गीतलाई युट्युवमा १ करोड दर्शक

...

<p><b>फागुन, काठमाडौं । </b>चलचित्र ‘लुट २’ को ठमेल बजार गीतलाई युट्युवमा १ करोड पटक हेरीएको छ । गत अक्टुबर २१ तारिखमा युट्युवमा अपलोड भएको यस गीत चार महिनामै किर्तिमान कायम राखेको हो । यसअघि ‘वडा नम्बर ६’ फिल्मको सुर्के थैली र ‘छक्का पञ्जा’को पुर्व पश्चिम रेल गीतले पनि १ करोड युट्युव दर्शक कमाईसकेका छन् ।</p><p>&nbsp;निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, कर्मा शाक्य, सुशिल पाण्डे लगायत लिड अभिनयमा छन् । यो शुक्रबार फिल्म रिलिज हुँदैछ । ठमेल बजारु गीतमा संगीत तथा शब्द कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा बाँस्कोटालाई मीना निरौंलाले साथ दिएकी छिन् ।&nbsp;</p>