फागुन ,काठमाडौं । बलिउड अभिनेता सैफ अली खान र उनकी श्रीमती अभिनेत्री करिना कपुरका छोराको गतबर्ष २० डिसेम्बरमा जन्म भयो । साथै उनको नामपनि तैमुर राखियो तर अहिले त्यहि नाम बुबा सैफ परिवर्तन गर्ने सोचमा छन् । सैफले आफ्नो छोराको नाम तैमुरको वारेमा उठेको विवादको बारे प्रतिक्रिया दिदै विवाद आएपछि नाम परिवर्तन गर्ने बारे बिचार गरेको खुलासा गरेका छन् । साथै उनले नाममा आएको विवादमा निकै खुलेर कुराकानी गरेका छन् । छोराको नाममा विवाद भएपछि आफूले नाम परिवर्तन गर्ने बारे सोच बनाएको तर पछि यसो गर्नु ठिक नभएको उनले एक अन्तर्वार्तामा बताएका छन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा सैफले भने, ‘मैले छोराको नाम परिवतर्न गर्ने बारे सोचको थिएँ तर करिना यसको लागि सहमत थिइनन् । करिनाले भनिन्, ‘मानिसहरुले तिम्रो विचारको सम्मान गर्छन् तर तिमी भने‘’ । मैले भनें– हो तर यो मानिसहरुको बारेमा होइन । हामीले छोरा एक वा दुई वर्षको भएपछि नाम परिवर्तन गर्नेबारे सोच बनाएका छौं तर अहिले हामीले यसबारे सोच मात्र बनाएका छौं ।’

उनी थप्छन्, ‘यदि मलाई नामका कारण मेरो छोरा तैमुरले स्कूलमा समस्याको सामना गर्नुपर्यो भन्ने थाहा भयो भने हामी यो नाम अवश्य पनि परिवर्तन गर्छौं ।’ सन् २०१६ को डिसेम्बर २० मा करिनाले एक छोरालाई जन्म दिइन् र उनको नाम तैमुर अली खान पटौदी राखिएको छ । त्यसपछि सोसल मिडियामा यो नामको विषयमा निकै विवाद भयो ।

एजेन्सी ।