‘लुट–२’ आजबाट १०५ हलहरुमा रिलिज, दर्शकको उल्लेखनीय उपस्थिती

...

<p><b>फागुन, काठमाडौं ।</b> नेपाली कथानक चलचित्र ‘लुट–२’ आजबाट १०५ हलहरुमा रिलिज भएको छ । निर्माणपक्षले जनाए अनुसार उपत्यकामा मात्र २२ वटा पर्दामा एकैसाथ चलचित्र चलिरहेको छ ।&nbsp;</p><p>मल्टिपेल्क्समा दुई दिन अगाडि नै टिकट सकिएको थियो भने सिंगल थिएटरमा पनि दर्शकको भीड लागेको चलचित्रका निर्माता माधव वाग्लेले जानकारी दिएका छन् ।</p><p>बिहानी सोमा देखिएका दर्शक केही दिन देखिए एक सातामै चलचित्रले ब्यवसाहिक रेकर्ड कायम गर्ने निर्माता माधव वाग्लेले अनुमान लगाए । चार वर्षअघि लुटले सर्वाधिक व्यापार गरेर त्यसअघिका सबै चलचित्रको ब्यवसाहिक रेकर्ड तोडेको थियो । तर, यसपटक चलचित्र छक्कापन्जाले त्यतिबेला लुटको सबै रेकर्ड तोडेर नेपालबाट १६ करोड व्यापार गरेको छ । त्यसभन्दा बढि व्यापार आफ्नो चलचित्रले निर्माता वाग्लेले बताए ।</p><p>निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ चार वर्ष पहिला बनेको ‘लुट’ को सिक्वेल हो । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतकारले अभिनय गरेका छन् ।चलचित्रमा कथा, पटकथा तथा संवाद निर्देशक निश्चलकै हो भने कथा अघिल्लो चलचित्रलै निरन्तरता हो । &nbsp; &nbsp;&nbsp;</p>