फागुन, पोखरा । पोखरामा गएको बिहिबार देखी जारी जंगल फेस्टिभल धुमधामका साथ सञ्चालन भइरहेको छ । लोपोन्मुख समुदायमा पर्ने कुसुण्डा जातीका राजामामाले उद्घाटन गरेको जंगल फेस्टिभल फागुन २१ सम्म चल्नेछ ।

फेस्टिभलमा सुरुवात देखी नै राष्ट्रियस्तरका थुप्रै कलाकारहरुले बिभिन्न सांगिति प्रस्तुतीहरु दिएर उपस्थित दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पोखराको शान्ति वन वाटिकामा संचाचित उक्त फेस्टिवलमा शनिबार पनि थुप्रै कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।

फेस्टिवलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने गरी थुप्रै आकषर्णका विषय बस्तुहरु राखिएको छ । यसैबिच फरक कला भएका कलाकार रमेश दुलालले उपस्थित दर्शकलाई चकित पारे । मुख बाटै थुप्रै जंगली जनावरहरुको आवाज निकाल्न सक्ने रमेशले उपस्थित दर्शकलाई बिभिन्न चराचुरुंगी र जनावरको आवाज निकालेर कार्यक्रमको शोभा बढाएका थिए ।

साथै कार्यक्रममा रमेशको साथमा आस्था वस्याल, आस्था राउत, जादुगर लगायतले आफ्नो रोचक प्रस्तुति दिएका थिए । भोलि (आईतबार) हुने कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, रामजी खाड, आकांक्षा बस्याललगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।