काठमाडौँ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आइतबार प्रिभ्यू सार्वजनिक गर्दै सिनेमा आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने जनाएको हो ।
प्रिभ्यूमा विवाहित जोडीको प्रेमकथालाई केन्द्रमा राखिएको क्लासिक लभस्टोरी देखाइएको छ । सिनेमामा विपिन कार्कीसँगै अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् ।
लक्ष्मण रिजालको निर्देशनमा रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमालाई श्रीराम बालाजी फिल्म्सले नेपालभर वितरण गर्नेछ ।




६ बैशाख २०८३, आईतवार १६:१० 










