फागुन, बुटवल । बुटवलका दर्शक चर्चित लोकरक ब्याण्ड नेपथ्यसँग झुमेका छन् । कालिका माध्यमिक विद्यालयको विशाल प्राङ्गणमा नेपथ्यसँग रमाउनका लागी उपस्थित हजारौं दर्शकहरु साढे ६ बजेदेखी २ घण्टासम्म मज्जेले झुमेका थिए ।

यस अघि पनि बुटवलमा गुन्जिएको नेपथ्य अहिले पुनः कार्यक्रम गर्न पाउँदा निकै बिशेष प्रस्तुती भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङले बताए । धेरै पहिला दिउँसो मात्र कन्सर्ट गरीएकोमा यसपाली भने लामो अन्तरालपछि साँझको परिवेशलाई झिलिमिलि पारेर बुटवलवासीको साँगीतिक तृष्णा मेट्न नेपथ्य सफल भएको गायक गुरुङले बताएका थिए ।

कार्यक्रमको सुरुवात भर्खरै सार्वजनिक भएको गीत ‘कुरुप अनुहार हो’बाट भएको थियो । त्यसपछि न्यानो महिनाको अनुभूति गर्न थालिसकेको बुटवलमाप्राविधिक हिसाबले हिमपात गराउँदै गाइएको ‘भेँडाको ऊनजस्तो’बाट निरन्तरता दिइएको थियो । ‘छेक्यो छेक्यो’ र ‘आँगनै भरि’ जस्ता नेपथ्यका सदाबहार गीतहरु प्रस्तुत गरेपछि ब्याण्डले फेरि फर्केर भर्खरै सार्वजनिक भएको अर्को नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाएको थियो ।