फागुन, काठमाडौं । चलचित्र ‘लम्फू’ बन्ने भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको औपचारिक घोषणा गरीएको हो । घोषणासँगै चलचित्रको छायांकन सोमबारबाट शुरु हुने चलचित्र निर्माण युनिटले जनाएको छ ।

शक्तिबल्दव घोरासैनीको निर्माणमा तयार हुने यो चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्दैछन् । चलचित्रमा भूपतिको कथा, दीपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ । सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको एक पात्रको कथामा यो चलचित्र बन्नेछ ।

काठमाडौं, चितवन लगायतका क्षेत्रमा छायांकन हुने यस चलचित्रले आफ्नो ४० दिनेको कार्यतालिका छुट्याएको छ । चलचित्रमा सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, सन्जित भण्डारी, ओम गुरुङको साथमा नयाँ नायक कविर खड्काको अभिनय रहनेछ । पपुलर मल्टी मिडियाको ब्यानरमा यो चलचित्र बन्नेछ । यो ब्यानरले यस अगाडि ‘किन लाग्छ माया, बोक्सी’ जस्ता फिचर फिल्म बनाइसकेको छ ।