एक मोहरको बाँसुरीले यहाँ सम्म पुर्यायो

फागुन, काठमाडौं । आजभन्दा ३१ बर्ष अघि जनकपुरको एकगाउँको मेलामा राखिएको एक मोहरको बाँसुरीबाट आफ्नो बाँसुरी यात्रा शुरु गरेका बाँसुरी बाधक प्रताप केसी अहिलेका राम्रा बाँसुरी बाधकहरु मध्येको लिस्टमा पर्छन् । जनकपुरको एक गाउँहुँदै तिन दशक लामो यात्रा बाँसुरीमै बिताएका प्रताप अहिले काठमाडौं मालिगाउँस्थित आफ्नै घरमा सपरिवारसहित बस्दै आएका छन् । जनकपुरमा जन्मिएका प्रतापले ८ बर्षको उमेर देखी नै बाँसुरी बजाउने गर्दथे । सानैदेखी बाँसुरीको धुन निकै मनपर्ने र पढ्न भन्दा बढी बाँसुरी बजाउन तिर लागेको क्षण सम्झदै उनले अहिले गाउँको जेबि दाईलाई सम्झन्छन् । आँफु निकै सानो हुँदा त्यो बेलाका बाँसुरीको राम्रो बाधकको रुपमा चिनिने जेबि नाम गरेका अग्रज दाईले बजाएको धुनले उनलाई निकै लठ्न बनाउने गरेको बताउँछन् । ‘मैले त्यो बेलामा पहिलो पटक बाँसुरी सुनेको नै जेबि दाईबाट हो । मलाई निकै मन पर्दै गयो । उहाँले बजाउँद एकोहोरो भएर हेर्ने गर्दथेँ । कसरी बजाउने होला, मैले पनि बजाउन पाए हुन्थ्यो भन्ने सोच मेरो मस्तिष्कमा आयो र बाँसुरीमा इच्छा पलाउँदे गयो ।’

बुबाको सोँच अर्कै थियो

प्रतापले आफ्नो परिवारमै कसैले नगरेको बाँसुरी बाधक काम आँफुले गरेको र सफल भएकोमा खुसी ब्यक्त गर्दै आफ्नो बुबालाई सम्झन्छन् । बुबा इन्जिनियर हुँदा पनि मलाई आफ्नो इच्छा बिपरीत कहिल्यै दबाब नगरेको उनी बताउँछन् । ‘बुबा याक चुरोट कारखानाको इन्जिनियर हुनुहुन्थ्यो ।  बुबाले मलाई आँफुजस्तै बनाउने सोँच त राख्नुभएको थियो तर मेरो सानै देखीको बाँसुरीप्रतिको इच्छा देखेर कुनैकुरामा दबाब गर्नभएन ।’

रानीको जन्मोत्सवमा पहिलो बाँसुरी बाधन

प्रतापले आँफुले पहिलो पटक रानीको जन्मोत्सवमा बाँसुरी बजाएको बताउँछन् । गाउँघरमा साना तिना कार्यक्रमहरुमा बजाएको भएता पनि ठुलो कार्यक्रम भनेको काठमाडौंमा रानी एश्वर्याको जन्मोत्सवमा राष्ट्रिय नाँचघरमा बजाएको बताउँछन् । मैले गाउँघरमा धेरै सानातिना कार्यक्रमहरु, पुजाआजामा त बाँसुरी बजाएँ, तर ठुलो कार्यक्रममा अवसर पाएको भनेको काठमाडौंको राष्ट्रिय नाँचघरमा बि.सं. २०४२ साल कात्र्तिक २२ गते रानी एश्वर्याको जन्मोत्सव बिशेष कार्यक्रममै हो । त्यो बेलामा जनकपुरबाट काठमाडौं सम्म हाम्रो टोली आएको थियो र धुन सुनाएको थियो ।

भारतमा एकबर्षको बिशेष कोर्स

भारतमा एक बर्षसम्म बाँसुरी बददददजाउने बिशेष कोर्स लिएको प्रतापले बताउँछन् । भारतको जन्नामा गुरुहरुसँग एकबर्षसम्म बाँसुरी बजाउन सिकेको र नेपाल आएर यहि पेसामा लागेको बताउँछन् । ‘म धेरै सानो थिएँ । आँफुले बुझ्ने भएपछि म भारतको जन्नामा बाँसुरी सिक्नकै लागी गएँ । मलाई यो क्षेत्रमा भोली केहि गर्नुछ भन्ने लाग्यो र एकबर्ष बिशेष कोर्स गरेको हुँ । सिक्नेक्रममा भारतका गुरुहरुले गर्ने सांस्त्रिय संगीत कार्यक्रमहरुमा बाँसुरी बजाउने पनि गर्दथेँ ।’

बाँसुरी बजाउनकै लागी १५ देशको यात्रा

अहिलेसम्म प्रतापले बाँसुरी बजाउनकै लागी १५ वटा देशको यात्रा गरीसकेको बताउँछन् । नेपाली बाजाहरुका धुनहरु अन्तराष्ट्रियस्तर सम्म पु¥याउनका लागी बिभिन्न देश पुगेको उनी बताउँछन् । ‘मैले पहिलो पटक बाँसुरी बजाउनकै लागी बि.सं २०६७ सालमा फ्रान्सको यात्रा गरेको थिएँ । बिजय बैद्यको एक सितार टिममा करिब ६ बर्ष काम गरेँ त्यो समयमै फ्रान्स जाने अवसर मिलेको थियो । त्यसपछि धेरै देशहरुमा जाने अवसर मिल्यो । बिदेशमा नेपाली बाजाहरुको धुन सुनाउँदा बिदेशीहरु निकै नै आनन्दित मान्छन् । बिदेशी नागरीकका बालबालिकाहरुलाई नेपाली बाँसुरी कोर्स पनि दिएका छौं ।’

‘प्राना मुण्डि’ आफ्नै ब्याण्ड

प्रतापले अहिले आफ्नो प्राना मुण्डि नामक ब्याण्ड लिएर देश देखी बिदेशसम्म हिड्ने गर्दछन् । आजभन्दा ५ बर्ष अघि आफ्नै ब्याण्ड स्थापना गरेर आफ्नो टिम लिएर धेरै देश पुगीसकेको बताउँछन् । आफ्नै ब्याण्डबाट पनि २÷३ पटक सम्म युरोप टुर गरीसकेको उनी बताउँछन् । उनले बिशेष गरी आँफ्नो प्राना मुण्डि ब्याण्डबाट बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका धुन सुनाउने गर्दछन् ।

मार्च १ देखी युके युरोप टुर

आगामी मार्च महिनाको १ तारिख देखी मे १४ सम्मको युके र युरोपको टुरका लागी निस्कने तयारीमा रहेको प्रतापले बताउँछन् । ‘आउँदो बुधबार म युके युरोपको टुरमा निस्कँदै छु । त्यहाँ पनि नेपाली बाजाहरुका धुन सुनाउने छौं’, प्रताप भन्छन् ।  बिदेशमा हुने कार्यक्रमहरुमा नेपाली टोली बाहेक करिब २० प्रतिशत सोहि देशका बाध्यबाधकहरु रहने पनि उनले बताए । कतिपय कार्यक्रममा नेपाली मात्र नभएर बिदेशी धुनहरु पनि बजाउनु पर्ने भएकाले जुन ठाउँमा कार्यक्रम गरीन्छ त्यो ठाउँका बाधकहरुलाई लिने गरेको बताउँछन् ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।