फागुन, काठमाडौं । बलिउड निर्देशक महेश भट्टलाई अण्डरवल्र्ड गिरोहले ५० लाख नदिए छोरी आलिया भट्टको ज्यान लिने धम्कि दिएका छन् । उनीहरुले टेलिफोनमा कुराकानी गदै सो रकम नदिए छोरी आलिया र श्रीमति सोनी राजदानलाई मार्ने धम्की दिएको भारतीय मिडियाले बताएको छ ।

बद्रिनाथकि दुलनिया सिनेमाको प्रोमोशनमा ब्यस्त रहेकि आलियालाई यस धम्किले बाहिर निस्कनै गाह्रो बनाईदिएको छ । निर्देशक भट्टले प्रहरीसंग कुराकानी गदै सुरुमा कसैले फोन गरेर ५० लाख माग्दा आफूलाई कसैल जिस्क्याएको अनुमान लागेको बताए । टेलिफोनमा खासै राम्रो कुराकानी नभएपनि पछि सोही समुहबाट म्यासेज आएपछि भने उनि प्रहरीमा उजुरी दिन पुगेका थिए ।

भारतिय सञ्चार माध्यमका अनुसार निर्देशक भट्टलाई ५० लाख माग्ने ब्यत्तिले आफुलाई कुनै ग्याङको लिडर बताएको थिये । उसले धम्काउदै भट्टलाई पुरै परिवार तहसनहस पारिदिन्छु भनेका खबरहरु पनि सार्बजनिक भईरहेको भारतिय सञ्चार माध्यमले बताएका छन् । पैसा माग्ने समुहले निर्देशक भट्टलाई लखनउको बैंकमा पैसा जम्मा गर्न भनेका छन् । अहिले सम्म कसले र कोको मिलेर यो काम गरिरहेको छ कुनै पनि कुरा पत्ता लागेको छैन् । प्रहरीले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।

एजेन्सी ।