अमिताभको सम्पति, छोरा छोरीलाई बराबरी

फागुन, काठमाडौं । यतिबेला सामाजिक संञ्जालमा चर्चा छ त केवल बलिउड नायक अमिताभ बच्चनको छ । चर्चा यसकारणले छ कि, उनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक स्ट्याटस र फोटोले अहिले लाखौ प्रतिकृया पाईरहेको छ । अमिताभले सार्बज्निक गरेको तस्विरमा आफ्नो मृत्यु पछि सम्पुर्ण सम्पति आफ्ना छोरा र छोरी दुबैको बराबर हुने लेखिएको छ ।

उक्त तस्विर उनले सामाजिक सञ्जालमा सार्बजनिक गरेको केही समयमै उनका लाखौ समर्थकले अमिताभ प्रेरणको श्रोत भएको प्रतिकृया दिएका छन् । उनले, आफ्ना छोरा अभिषेक बच्चन र छोरी श्वेताको नाममा सम्पूर्ण सम्पती आधा आधा बाँडिदिएका छन् । अभिताभले ट्विटरमा एक तस्बिर शेयर गरेका थिए । जसमा, उनले लेखेका छन ‘मेरो निधनपछि मेरो सम्पूर्ण सम्पत्तीको हक छोरा र छोरी दुबैलाई बराबर रहनेछ ।’

बाबुको सम्पत्ती छोरामा मात्र हक लाग्ने प्रथा विश्वका थुप्रै देशमा देखिएको छ । अमिताभले, आफ्नो सम्पत्ती आधा आधा वितरण गरेर एउटा गतिलो सन्देश दिएको उनका समर्थकहरुले प्रतिकृया दिएका छन् ।

एजेन्सी ।