‘बन्धन’को पोष्टर रिलिज, बन्ने भयो ‘गुलाबी’

फागुन, काठमाडौं । आउँदो बैशाख १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बन्धन’को पोष्टर सार्वजनिक गरीएको छ । एक कार्यक्रमका बिच चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रको फस्टलुक सार्वजनिक गरेका हुन् ।

सिर्जना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका कान्छा निर्माताको रुपमा चिनिएका शिशिर जय खरेलले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, पूर्णिमा लामा, कमल अधिकारीको साथमा बाल कलाकार कन्चन ठकुरीको अभिनय छ । चलचित्रलाई समिर मियाले निर्देशन गरेका हुन् ।

सोहि कार्यक्रममा, बम्जन फिल्मस् र श्रृजना फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘गुलाबी’ को पनि घोषणा गरियो । सामाजिक र पारिवारिक प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई शिशिर जय खरेलले निमौण गर्दैछन् ।

डीबी बम्जनको प्रस्तुतीमा तयार हुने यो चलचित्रको किरण माइकलले कथा लेखिरहेका छन् । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।