फागुन, काठमाडौं । हलिउड चलचित्र ‘लोगन’ को नेपाल प्रिमियर गरीएको छ । हलिउड चलचित्रको काठमाडौंमा पहिलोपटक प्रिमियर गरीएको हो । वितरण कम्पनी एप्पलले क्यूएफएक्स लबिममा विशिष्ठ अतिथिमाझ ह्युग ज्याकम्यान स्टारर फिल्म देखाएको हो ।

प्रिमियरमा व्यवसायी, सेलेव्रिटी, मिडिया र क्यूएफएक्स टिम सहभागि थिए । क्यूएफएक्स मातहतकै एप्पलले लामो समयदेखि अंग्रेजी भाषी चलचित्रको वितरण गर्दै आइरहेपनि प्रिमियर भने पहिलोपटक गरेको हो । ‘यो हाम्रा लागि राम्रो गेट टुगेदरको मौका पनि हो’ क्यूएफएक्सको छाता संस्था क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख एवं नेपाल चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले भने । लोगनप्रति नेपाली सेन्सर बोर्डको गलत रबैयाको उपस्थित सबैले विरोध गरे ।

चलचित्रलाई एडल्ट प्रमाणपत्र दिइएपनि अधिकांश दृश्य काटिएको छ । ‘सेन्सर बोर्ड अब यसरी चल्न सक्दैन’ डीसीएन प्रबन्धक अशोक शर्माले भने, ‘फिल्म बुझ्ने मान्छेलाई स्थान दिइनु जरुरी छ ।’ एप्पल वितरण प्रमुख बसन्त मानन्धरले लोगनलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । सेन्सर इस्युकै कारण शुक्रबार अपरान्हसम्म चलचित्र रिलिज हुन पाएन । बेलुका पाँच बजे मात्र फिल्म रिलिज भयो ।