‘झिँगे दाउ २’को टिजर सार्वजनिक, आँचल शर्मा र केकी अधिकारीको झगडाले हाँसो र भावनाको मिश्रण

...

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रझिँगे दाउ २को टिजर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक गरिएको टिजरले पारिवारिक सम्बन्ध, सम्पत्तिको विवाद र देउरानीजेठानीबीचको रोचक टकरावलाई हास्य र भावनात्मक शैलीमा प्रस्तुत गरेको छ।

टिजरमा आँचल शर्मा र केकी अधिकारी देउरानीजेठानीको भूमिकामा देखिएका छन्। उनीहरूबीचको निरन्तरको झगडाले दर्शकलाई एकातिर हँसाउँछ भने अर्कोतिर परिवारभित्रको द्वन्द्व र भावनात्मक पक्ष पनि उजागर गर्छ। टिजरमा दुई बुहारीबीच सम्पत्तिको विषयलाई लिएर चर्किएको विवाद, परिवारमा उत्पन्न तनाव र आमाको संघर्षलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

चलचित्रमा हिउँवाला गौतमले आमाको भूमिका निभाएकी छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन्। टिजरमा आर्यन सिग्देलको उपस्थितिले पनि विशेष आकर्षण थपेको छ।

यसैगरी चलचित्रमा बसुन्धरा भुसाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीको पनि अभिनय रहेको छ। विशेष रूपमा बसुन्धरा भुसाल र चैत्यदेवीले करिब ६२ वर्षपछि एउटै चलचित्रमा सहकार्य गरेका छन्।

चार वर्षअघि प्रदर्शनमा आएको सफल चलचित्रझिँगे दाउको सिक्वेलका रूपमा निर्माण भएकोझिँगे दाउ २लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको चलचित्रमा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको रहेको छ। सार्वजनिक टिजरलेझिँगे दाउको पहिलो भागजस्तै यसपटक पनि पारिवारिक कथा, हास्य, भावना र मनोरञ्जनको सन्तुलित मिश्रण प्रस्तुत गर्ने संकेत दिएको छ।