![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/44d569f88c8ff5c2800983805b4fd6801489116553.jpg)

फागुन, काठमाडौं । बलिउडमा मुन्नाभाइ भनेर चिनिने अभिनेता सञ्जय दत्त यतिखेर आफ्नो ‘भूमि’ चलचित्रको छायांकनमा व्यस्त छन् । आग्राहामा भइरहेको छायांकनमा सञ्जयलाई हेर्न फ्यानहरूको भीड लाग्ने गरेको छ । उनीसँग भेट्नका लागि फ्यानहरूले अनेक अनेक उपाय अपनाएर आउने गर्दछन् ।

यस्तै एक फ्यानले उनलाई भेट्नका लागि फरक तरिका अपनाए । एक फ्यान सञ्जयसँग भेट्नका लागि अनौठो वाइकमा बसेर आए, जसमा धेरै हेडलाइटहरू राखिएको थियो । वाइकमा आएका ती फ्यानले सञ्जयलाई वाइक चलाउन आग्रह गरे । साथै सञ्जयले पनि उनको आग्रह स्वीकार गर्दै वाइक चलाए ।

लामो अन्तरालपछि सञ्जयको ‘भूमि’ चलचित्र आउनेक्रममा छ । जसका कारण पनि उनका फ्यानहरू चलचित्रको पर्खाइमा छन् । एक बुबा र छोरीको जीवनमा आधारित यस चलचित्रमा सञ्जय बुबाको भूमिका देखिँदैछन् । अदिति रावले सञ्जयको छोरीको भूमिका निभाउँदै छिन् । भूषण कुमारले निर्माण गरेको यो चलचित्रलाई ओमंग कुमारले निर्देशन गरिरहेका छन् ।

केही दिनअघि चलचित्रको छायांकनकै क्रममा सञ्जयका बडिगार्डले एक पत्रकारलाई पिटेका थिए । त्यसकै कारणले सञ्जयले माफीसमेत मागेका थिए ।