राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’को शुभ-मुहूर्त, भदौ २९ देखि छायांकन

...

काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने नयाँ नेपाली चलचित्रकंगाल करोडपतिको शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गरिएको छ।

प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्र भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारीमा छ। अनिल कुमार बुढाथोकी निर्माता रहेको फिल्ममा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई सहनिर्माता छन्। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा छन्। रामकृष्ण बजगाईंको कथामा बन्ने चलचित्रको पटकथा तथा संवाद चानस पुन मगरले लेखेका हुन्। सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहनेछ भने प्रदीप लामाले नृत्य निर्देशन गर्नेछन्। जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा छन्।

सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्माण हुने चलचित्रको शुभमुहूर्तअघि हालै रसुवा, नुवाकोट र धादिङमा भएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। निर्माणपक्षले विपद् प्रभावितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणासमेत गरेको छ।